म्याराथन प्रतियोगिता सम्पन्न

ताप्लेजुङ । महाशिवरात्रि तथा सेना दिवसको अवसरमा आयोजित पाथिभरा म्याराथनमा सोलुखुम्बुका सुमन कुलुङले उपाधि जितेका छन् ।

ताप्लेजुङको फुङलिङबाट पाथिभरा मन्दिरसम्मको ५४ किलोमिटर दूरी ४ घण्टा १३ मिनेटमा पूरा गरेर कुलुङ प्रथम भएका हुन् ।

महिलातर्फ भने पाथिभरा क्षेत्रको काफ्लेपाटीसम्म ४४ किलोमिटरको दुरी ३ घण्टा ३८ मिनेटमा पूरा गरि जुम्लाकी सुनमाया बुढाले उपाधि जितेकी छन् । पुरुष म्याराथनमा पाँचथर फिदिमका प्रताप थाम्सोहाङ ४ घण्टा १४ मिनेटमा निर्धारित दूरी पूरा गरेर दोस्रो भए भने ४ घण्टा २९ मिनेटमा दुरी पूरा गरेका रुकुम मुसिकोटका दुर्गाराज बुढा तेस्रो भए । म्याराथनमा पुरुषतर्फ एक सय धावकले सहभागिता जनाएका थिए ।

महिलातर्फको म्याराथनमा भने नेपाल आर्मी क्लवकी सरिता बासीले ३ घण्टा ४८ मिनेटमा दुरी पार गर्दै देस्रो बनेकी छन् । धादिङ धुनिबेसींका रसिला तामाङले ४ घण्टा ५९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् । महिला म्याराथनमा २४ जनाको सहभागिता रहेको थियो ।

खुलातर्फका विजेतालाई १ लाख ५१, उप–विजेताले १ लाख ११ र तेस्रोले ५१ हजार रुपैयाँ प्राप्त प्रदान गरिएको हो । महिलातर्फ प्रथम, दोस्रो र तेस्रोले क्रमशः ८१, ५१ र ३१ हजार पुरस्कार प्रदान गरिएको हो भने उत्कृष्ट १० लाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको म्याराथन संयोजक यीगेन्द्रकुमार गुरुङले जानकारी दिनुभयो ।

मङ्गलबार, १३ फागुन, २०७६, रातीको ०९:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर