विराटनगर । विराटनगर–११ स्थित जनपथ माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा रोहित कोइराला चयन हुनुभएको छ ।
सोमबार भएको व्यवस्थापन समितिको बैठकले कोइरालालाई तीन वर्षे कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
विद्यार्थी राजनीति हुँदै युवासंघको राजनीतिमा सक्रिय कोइरालाले जनपथका विद्यार्थी र अभिभावकको हितका निम्ति सधै सजग र सक्रिय रहने प्रतिक्रिया दिनुभएको छ । उहाँले यो जिम्मेवारीलाई चुनौतीसँगै राम्रो अवसरको रुपमा पनि लिएको बताउनुभयो ।
अध्यक्ष कोइरालाले निम्न वर्गीय तथा पिछडिएको समुदायका बालबालिकाहरुको उज्वल शैक्षिक भविष्यको गोरेटो कोर्ने अभियानमा अविभावकको मुहारमा सन्तुष्टिको मुस्कान ल्याउन प्रयत्न गर्ने बताउनुभएको छ । व्यवस्थापन समितिको सदस्य सचिबमा प्रधानाध्यापक हरि पराजुली, वडा प्रतिनिधिमा ईन्दिरा गिरी, शिक्षक प्रतिनिधिमा शंकर सुवेदी तथा अभिभावकहरुबाट सञ्जिबकुमार पासवान, दिलिप सहनी, साज्दा खातुन, ललिता सहनी मुखिया र मनोनित कृष्णकुमारी थापा सदस्य चयन भएका छन् ।