इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका १४ स्थित सडक क्षेत्राधिकारभित्रको संरचना भत्काइएको छ ।
इटहरी उपमहानगरले सडक क्षेत्राधिकार मिचिएको भन्दै डोजर लगाएर शनिबार उक्त संरचना भत्काएको हो ।
दुई वर्षदेखि पटक–पटक सूचना गर्दा पनि संरचना नहटाएपछि उप–महानगरपालिकाले बल प्रयोग गरेर सडक क्षेत्र संरक्षण गरेको प्रमुख द्वारिकलाल चौधरीले बताउनुभयो । इटहरी उपमहानगरले सडक क्षेत्राधिकार कायम गरि त्यसमा पर्ने संरचना हटाउने अभियान सुरु गरिएको र त्यसका लागि सूचना जारी गरिएको उहाँको भनाइ छ ।
यसैबीच प्रमुख चौधरीले बिहान इटहरी १५ नम्वर वडाको विभिन्न योजनाको अनुगमन गर्नुभएको छ । उहाँले ग्रामिण क्षेत्रमा भएका समस्या प्रत्यक्षरुपमा बुझ्ने र आवश्यक बजेट विनियोजन गर्ने बताउनुभयो ।