जोशीसँगै दर्शहरुको छमछमी

विराटनगर । चर्चित गायिका ईन्दिरा जोशीको प्रस्तुतिले शुक्रबार साँझ विराटनगरमा जारी विराट एक्स्पोको माहोल तात्तिएको छ ।

आफ्नो चर्चित गीतहरू प्रस्तुत गरि शुक्रबार साँझ सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्दै जोशीले छमछमी नचाएकी थिइन् ।

‘बेहुली’ बोलको गीत गाउँदै स्टेज प्रवेश गरेकी गायिका जोशीले विराटनगरको चिसो माहोललाई तताईन् । उनले आधा दर्जन गीत प्रस्तुत गरि सहभागिलाई छमछमी नचाएकी थिइन् । ‘बाँझो खेतमा छड्के सलाम छ माँयालाई पहिलो भेटमा..’ गीतबाट दर्शकलाई नचाउँन सुरु गरेकी उनले ‘चौबन्दी चोली अनि रातो घाँगर’ मा हुटिङ पाएकी थिइन् ।

‘छुनलाई होईन हेर्न चै पाईन्छ, आँखालाई सेक्न जति नि पाईन्छ…, उध्रेको चोली छ है तैपनि लाईन्छ’ गीत गाउँदा दर्शक अझ बढी झुमे । स्टेजबाट जोशीले गाईरहदा प्रदर्शनी स्थलमा उनीसँगै स्वरमा स्वर मिलाउँदै दर्शकहरु नाचे । महाशिवरात्रीको साँझ प्रदर्शनी स्थलमा खचाखच रहेका दर्शकलाई ‘म त मर्छु की क्या हो ठूली…’ बोलको गीबाट जोशी थप मनोरञ्जन प्रदान गरिन् ।

दश दिनदेखि जारी एक्स्पो शनिबार समापन भएको छ ।

शनिबार, १० फागुन, २०७६, दिउँसोको ०३:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर