विर्तामोड ।
पेट्रोलियम पदार्थ आयातको सहजताको लागि झापाको चारआलीदेखि सिलगुडीसम्म पाइपलाइन विछ्याउन प्रारम्भिक अध्ययन सुरू गरिएको छ ।
भारतीय आयल निगम (आइओसी) ले पाइपलाइन बिच्छ्याउनको लागि अध्ययन सुरू गरेको नेपाल आयल निगमका चारआली कार्यलयले बताएको छ ।
टोलीले नेपाल तर्फको क्षेत्रमा अध्ययन गरेको छ । अर्को टोली आएर पुनः अध्ययन गरिने जनाइएको छ । नयाँ दिल्लीमा पुस २८ गते नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ‘ज्वाइन्ट वर्किङ ग्रुप’ को सहसचिवस्तरीय बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालले झापाको चारआलीदेखि सिलगुडीसम्म पेट्रोलियम पाइपलाइन बिच्छ्याउन प्रस्ताव राखेको थियो ।
पेट्रोलियम आयात सहज बनाउन झापाको चारआलीदेखि पश्चिम बंगालको सिलगुडीसम्म अन्तरदेशीय पेट्रोलियम पाइप लाइन निर्माण गर्ने नेपालको प्रस्ताव छ । चारआलीदेखि पश्चिम बंगालको सिलीगुडीसम्म पाइपलाइनमार्फत पेट्रोल ल्याउन सकिए निगमको ढुवानी खर्च बच्नेछ ।
यसअघि अमलेखगञ्जमा पाईपलाईनबाट पेट्रोलियम पदार्थ आइरहेको छ ।