वाणिज्य संघको ताला खुलेन

 

धनकुटा, ४ फागुन

धनकुटा उद्योग वाणिज्य संघमा लागेको ताला दुई महिना बित्दा पनि खुलेको छैन । तालाबन्दीकै कारण नयाँ नेतृत्व छान्न मंसिर २८ गते तोकिएको मतदानसमेत स्थगित भएकोमा अर्को मिति तय हुन सकेको छैन ।

४५औँ साधारणसभाको क्रममा गत मंसिर २३ मा असन्तुष्ट व्यवसायीहरुले सदस्यता नपाएको र नवीकरण गर्न नपाएको भन्दै संघको उद्घाटनसत्र सकिएपछि कार्यालयमा तालावन्दी गरेका थिए । त्यसको लगत्तै अर्को समूहले साधारणसभासमेत सम्पन्न भई विधिसम्मत संघको निर्वाचन प्रकृया अगाडि बढिसकेकाले निर्वाचन प्रक्रियालाई तत्काल गर्न माग गर्दै तालाबन्दी गरेको थियो ।

तालाबन्दी खुलाउन प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले पटक–पटक राखेको सर्वपक्षीय बैठकले पनि ठोस निश्कर्ष निकाल्न सकेको छैन । लोकतान्त्रिक र वाम पक्षधर व्यवसायीबीच कुरा नमिल्दा सहमति हुन नसकेको बताइएको छ ।उद्योग वाणिज्य संघ निर्वाचन समितिले पनि तालाबन्दी नखुलेकै कारण विज्ञप्ती प्रकाशन गरेर मतदान स्थगित गरेको थियो ।

उद्योग वाणिज्य संघको भवनमा रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयद्वारा संचालित जिल्ला संयोजन तथा अनुगमन समिति धनकुटाको कार्यालय र उद्योग वाणिज्य मन्त्रालय र विदेशी दातृ निकायको सहयोगको संयुक्त लगानीमा तथा साझेदारीमा रहेको समृद्धि परियोजनाको कार्यालय पनि रहेको छ । कार्यालय बन्द रहेको कारण फिल्डमा काम गरिरहेको समृद्धि परियोजनाका धनकुटा संयोजक बलबहादुर पौडेलले बताउनुभयो ।

सोमबार, ०५ फागुन, २०७६, दिउँसोको ०१:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर