विराटनगर, १ फागुन÷ नेपाल कम्युनिष्ट पार्टी मोरङले जनयुद्ध र जनआन्दोलनका शहिदहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै २५ औ जनयुद्ध स्मृति दिवस मनाएको छ ।
विराटनगर पाञ्चाली स्थित पार्टी कार्यालयमा नेकपा मोरङले बिहीबार बिहान जनयुद्ध र जनआन्दोलनका शहिदहरुलाई सम्झना गर्दै श्रद्धाञ्जलीसभा गरेको थियो ।
नेकपा केन्द्रीय सदस्यहरु गुरु बराल, महेश रेग्मी, राष्ट्रियसभाका सांसद गोपी अछामी, १ नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक बिकासमन्त्री जीवन घिमिरेसहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । नेकपाले जनयुद्ध दिवसको अवसरमा सहिदहरुप्रति श्रद्धाञ्जली सभाको कार्यक्रम देशभर गर्न सर्कुलर गरेको थियो ।
जनयुद्ध दिवसकै अवसरमा बुधबार विराटगरमा कोशी साँस्कृतिक प्रतिष्ठानले साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो ।