विराटनगर । कोशी प्रदेश सरकारले संघीय सरकारको निर्णय अनुसार भइरहेको आइतबारको सार्वजनिक विदा पुनराबलोकन गर्ने भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री बिदुर लिङ्थेपले आज प्रदेशसभामा बजेट पेश गर्दै सो जानकारी दिएका हुन् ।
सेवाको प्रभाबकारिता र आम नागरिकको सहजतालाई मध्यनजर गरेर आइतबारको विदा पुनराबलोकन गर्ने बजेट बक्तब्यमा उल्लेख छ । यसअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि आइतबारको विदा प्रदेशबाट हटाउने सोचिरहेको भन्दै त्यसबारे सुझाब मागेका थिए ।



















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।