विराटनगर । कोशी गाउँपालिका–१ स्थित लौकही सिटी हलमा जारी रास्वपाको प्रथम सुनसरी जिल्ला अधिवेशनमा हात हालाहालको भएको छ । जेन–जी युवा तथा रुष्ट रहेका कार्यकर्तालाई पेलेर अगाडी बढ्न खोजेपछि हातहालाहाल भएको असन्तुष्ट पक्षले जनाएको छ ।
अधिवेशनमा मतदान गर्ने अधिकारबाट केही बेरअघिबाट मात्र आफुहरूको नाम हटाएको विरोधमा बन्दसत्र हल प्रवेश गर्ने मुल ढोका नै बन्द गरेर केही युवा धर्नामा बसेका थिए । उनीहरुलाई हटाएर चुनावी प्रक्रिया सुरु गरेपछि हातहालाहाल भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी चन्द्र खड्काले हो हल्ला भएको भएपनि हात हालाहाल भने नभएको बताए । ‘हात हालाहाल भएको होइन । केही बेर हो हल्ला भएको थियो । अहिले परिस्थिति सामान्य भइसकेको छ । मतदान भइरहेको छ,’ उनले भने ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।