विराटनगर । हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावले कोशी प्रदेश लगायत देशभरिको मौसममा बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशीपछि बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पनि वर्षाको प्रक्षेपण गरिएको छ । बागमती र गण्डकीका तराई क्षेत्रमा समेत एक-दुई स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि कोशी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा हुने देखिन्छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा भने दिउँसोको समयमा गर्मी बढ्ने र केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।