इटहरी । सीमा सुरक्षा तथा मनसुनजन्य विपद् व्यवस्थापनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. बराह बाहिनी मुख्यालय पकली, सुनसरीले मातहतका सबै युनिटलाई ‘हाई अलर्ट’मा रहन निर्देशन दिएको छ।
बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनिष थापाले सुनसरीस्थित विभिन्न सीमा सुरक्षा पोस्ट र गुल्महरूको स्थलगत निरीक्षण गर्दै सुरक्षा सतर्कता थप कडा बनाउन निर्देशन दिएका हुन्।
निरीक्षणका क्रममा डीआईजी थापाले सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वाटर सुनसरी अन्तर्गतका बिओपी अमडुवा, साहेबगञ्ज, हर्वोनी तथा सीमान्त सुरक्षा गुल्म कप्तानगञ्जको अनुगमन गरेका थिए। मनसुन सुरु हुन लागेकाले सम्भावित बाढी, डुबान तथा अन्य विपद्का घटनालाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षाकर्मीलाई २४सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिइएको सशस्त्र प्रहरीले जनाएको छ।
डीआईजी थापाले सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी थप प्रभावकारी बनाउन, स्थानीय तह र नागरिकसँग समन्वय बढाउन तथा कुनै पनि आपत्कालीन अवस्थामा तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन मातहतका युनिटलाई निर्देशन दिएका छन्।





















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।