लोड हुँदैछ...

मेनु

विद्या भण्डारीलाई एमालेले सदस्यता दिने

विद्या भण्डारीलाई एमालेले सदस्यता दिने

विराटनगर । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदयस्ता खुला गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

गत वर्ष साउन पहिलो साता भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले गरेको थियो । एघारौं राष्ट्रिय महाधिवेशनबाट पार्टीकै नेतृत्व लिनेगरी भण्डारीका गतिविधि अगाडि बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नवीकरण नगर्ने निर्णय सुनाएका थिए । ओलीको त्यो निर्णयलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेललगायतले साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।