लोड हुँदैछ...

मेनु

कोशी प्रदेशको नीति तथा कार्यक्रम जेठ ७ मा : बसाइँसराइ नियन्त्रण प्राथमिकतामा

कोशी प्रदेशको नीति तथा कार्यक्रम जेठ ७ मा : बसाइँसराइ नियन्त्रण प्राथमिकतामा

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही जेठ ७ गते प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीका अनुसार सरकारले जेठ ७ गते नीति तथा कार्यक्रम ल्याउने गरी सम्पूर्ण गृहकार्य पूरा गरिसकेको छ । सरकारको सिफारिसमा जेठ ६ गतेका लागि प्रदेश सभाको बैठक समेत बोलाइएको छ ।

यस वर्षको नीति तथा कार्यक्रममा कोशी प्रदेश सरकारले सामाजिक क्षेत्रमा केही नयाँ र जनमुखी कार्यक्रमहरू समावेश गरेको छ । विशेषगरी, लागुऔषध प्रयोगकर्ताका लागि सरकारी स्तरबाटै सुधार केन्द्र सञ्चालन गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ ।

हाल निजी क्षेत्रबाट मात्रै यस्ता केन्द्रहरू सञ्चालन भइरहेकोमा अब सरकार आफैँले प्रदेशका दुई स्थानमा सरकारी सुधार केन्द्र स्थापना गर्ने तयारी गरेको मन्त्री पराजुलीले जानकारी दिए । यसका लागि विगतमा कोभिड–१९ महामारीका समयमा निर्माण गरिएका क्वारेन्टाइन स्थलहरूलाई मर्मत सम्भार गरी प्रयोगमा ल्याइने सरकारको योजना छ ।


पहाडी क्षेत्रबाट भइरहेको तीव्र बसाइँसराइलाई नियन्त्रण गर्नु सरकारको अर्को मुख्य चुनौती र प्राथमिकता रहेको छ । पहाडबाट हुने पलायन रोक्न र नागरिकलाई आफ्नै थातथलोमा स्वरोजगार बनाउने उद्देश्यले सरकारले विशेष एजेन्डा अघि सारेको छ ।

पहाड केन्द्रित पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने खालका कार्यक्रमहरू नीति तथा कार्यक्रममा समेटिने मन्त्री पराजुलीले बताए । ‘पहाडी क्षेत्रमा औद्योगिकीकरणको सुरुवात गर्दै आर्थिक गतिविधि बढाउने र मानिसहरूलाई गाउँमै बस्ने वातावरण निर्माण गर्ने सरकारको लक्ष्य छ,’उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।