विराटनगर । नेकपा संयुक्त जिल्ला कमिटी मोरङको आयोजनामा ३३औँ मदन–आश्रित स्मृति दिवस मनाइएको छ । कार्यक्रम मोरङ जिल्ला अध्यक्ष भीम बस्नेतको अध्यक्षता तथा कोशी प्रदेश संयोजक महेश रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले नेपाली कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक राजनीतिक यात्रामा पुर्याएको योगदानको स्मरण गरिएको थियो ।
प्रमुख अतिथि रेग्मीले मदन–आश्रितले अघि सारेका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै पार्टीलाई जनतासँग अझ नजिक बनाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा विभिन्न नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।