विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर एकै दिन वडा अधिवेशन गर्दैछ । आगामी असारमा पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको रास्वपाले त्यसैका लागि वडातहबाटै अधिवेशन सुरु गरेको हो ।
गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १५०० वडाको अधिवेशन आज हुने बताइएको छ ।
रास्वपाले अहिलेसम्म देशभरका करिब ३ हजार वडामा तदर्थ समिति बनेको जनाएको छ तीमध्ये आधाजतिको वडा अधिवेशन यसअघि नै सम्पन्न भइसकेको र बाँकी रहेको वडा अधिवेशनहरु आज हुने जनाएको छ ।
दुई चरणमा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको रास्वपाले जेठ ३ अघि तदर्थ समिति बन्ने वडाहरुको हकमा भने जेठ १६ गते वडा अधिवेशन गर्ने मिति तोकेको छ । पालिका अधिवेशन पनि दुई चरण गर्ने मिति तोकिएको छ । जेठ ९ र १७ गते पालिका अधिवेशन हुनेछ ।
कुनै पालिकाको वडाहरू मध्ये ३० प्रतिशत र जिल्लाको हकमा पनि ३० प्रतिशत पालिकाको अधिवेशन भए उपल्लो तहको अधिवेशन नरोकिने निर्णय रास्वपाले जनाएको छ ।
रास्वापाले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने भएको छ । प्रदेश अधिवेशन जेठ २६ बाट सुरु गरेर असार १ गते सक्ने कार्यतालिका बनाइएको छ । प्रथम केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुनेछ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।