लोड हुँदैछ...

मेनु

‘निजी क्षेत्रलाई साथ लिएर हिड्छौं’

‘निजी क्षेत्रलाई साथ लिएर हिड्छौं’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको आर्थिक चलायमानका लागि निजी क्षेत्रलाई साथ लिएर हिड्ने बताउनु भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आज विराटनगरमा आयोजित चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहको उद्घाटन गर्दै उहाँले नीजि क्षेत्रलाई डर र त्रास नदेखाई उनीहरुलाई सुरक्षाको प्रत्याभूति दिएर प्रदेशको समृद्धिको लागि साथमा लिएर हिड्ने प्रतिवद्धता जनाउनु भएको छ।

मुख्यमन्त्री कार्कीले वर्तमान दुई तिहाईको सरकार निर्माणले मुलुकमा राजनीतिक स्थिरता कायम भई नेपाली जनताले राहतको महसुश गर्ने र मुलुकको स्थिति सहज हुने विश्वास जनाउनुभयो । उहाँले आगामी वर्षको प्रदेशको बजेट उपलव्धि मुलुक क्षेत्रमा विनियोजन गर्नका लागि आफुले निर्देशन दिएको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले विकास भनेको बाटो र पुल मात्र नभएर सूचना प्रविधि र पर्यटन क्षेत्र समेत भएकोले त्यसमा लगानी गर्न नीजि क्षेत्रलाई आग्रह गर्नुभयो ।
उहाँले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ र ८४/८५ लाई भ्रमण वर्षको रुपमा घोषणा गर्ने र विदेशमा रहेका नेपालीहरुलाई निम्ता गरी मुलुकको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने कार्य गरिने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशको कृषि उत्पादन निर्यात गरी आर्थिक गतिविधि वढाउन नेपालस्थित विदेशी कुटनिज्ञहरुको छलफल आगामी भदौमा प्रदेश गर्ने बताउनु भयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगर उद्योग व्यवसायीहरुको हितमा कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।
महासंघका नव निर्वाचित अध्यक्ष राजेन्द्र बहादुर राउतले स्थिर सरकार र राजनीतिक स्थिरताले मुलुकको जलविद्युत,पर्यटन,उद्योग र कृषिको विकास भई आर्थिक चलायमान हुनका साथ समृद्धि कायम हुने विश्वास व्यक्त्त गर्नुभयो ।

महासंघका उपाध्यक्ष दिपसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य सुयेश प्याकुरेल,पूर्व उपाध्यक्ष किशोर प्रधान, नरेन्द्र खड्का नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष पवन शारडा लगायतले महासंघले उद्योग व्यवसायीहरुको हकहितका लागि सरकारसँग समन्वय गरी अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।