लोड हुँदैछ...

मेनु

एसईई पूरक परीक्षा आगामी असार १ गतेदेखि सुरु हुने

एसईई पूरक परीक्षा आगामी असार १ गतेदेखि सुरु हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेड वृद्धि) परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डको हालै बसेको बैठकले आगामी असार महिनामा परीक्षा सञ्चालन गर्ने तालिका तय गरेको हो ।

बोर्डद्वारा जारी सूचनाअनुसार परीक्षा आगामी २०८३ असार १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको वैशाख २८ गतेबसेको बैठकले उक्त समय तालिका अनुसार पूरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । ‘२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षा देहाय बमोजिमको समय तालिका अनुसार सञ्चालन गर्ने निर्णय भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

यस परीक्षामा सहभागी हुन योग्य विद्यार्थीहरूले तोकिएको समयभित्रै फारम भरी परीक्षामा सामेल हुन सक्नेछन् । ग्रेड वृद्धि परीक्षाको विस्तृत विषयगत तालिका र थप विवरण बोर्डको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।