विराटनगर । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट प्रकाश विकल्प र टीकाराम राईसहित १८ जना नेताले नयाँ जिम्मेवारी पाएका छन्। पार्टीको नेतृत्वलाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले किराती समूहलाई जिम्मेवारीमा ल्याइएको हो।
नयाँ जिम्मेवारीअनुसार प्रकाश विकल्प उपाध्यक्ष र टीकाराम राई सचिव चयन भएका छन्। सोही समूहका सुदन किरातीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ। किराती समूहबाट पदाधिकारीसहित १८ नेताहरू पार्टीमा सामेल भएसँगै साङ्गठनिक आधार थप मजबुत हुने विश्वास लिइएको छ।
पार्टीमा किरातीको समूह समावेश भएसँगै अब सदनदेखि सडकसम्म सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिने सचिव टीकाराम राईले जानकारी दिए। उनका अनुसार पार्टीले आगामी दिनमा जनजीविकाका सवाललाई प्रमुखताका साथ अगाडि बढाउनेछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।