काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनमा आज पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आजको बैठकमा छलफल हुने कार्यसूची रहेको छ।
बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। आजको सम्भावित कार्यसूची अनुसार, नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि यसलाई निर्णयार्थ प्रस्तुत गरिने तयारी छ। संसद्को यही चालु अधिवेशनमा सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट समेत प्रस्तुत गर्नेछ।
यसैगरी, राष्ट्रिय सभाको बैठक पनि आज बिहान ११स्१५ बजे बस्दैछ। उक्त बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई नै निरन्तरता दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। दुवै सदनमा नीति तथा कार्यक्रम पारित भएपछि सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुल्नेछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।