काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आज बिहान बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो।
बैठकको निर्णयबारे जानकारी दिँदै नेता गणेश पराजुलीले आगामी असार ७ गतेदेखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन आयोजना गरिने बताएका छन्। यसअघि पार्टी सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव राखेका भए पनि केन्द्रीय समितिले असार ७, ८ र ९ गतेको मिति तय गरेको हो।
आगामी महाधिवेशन र पार्टीका विविध साङ्गठनिक एजेण्डाहरूमा छलफल गर्न आज बनस्थलीमा केन्द्रीय समितिको बैठक बोलाइएको थियो। २०७९ सालमा गठन भएको रास्वपाले यसअघि निर्वाचन सकिएको छ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। सोही लक्ष्यअनुसार भदौभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने कार्यतालिका रहे पनि पार्टीले असारमै महाधिवेशन गर्ने गरी तयारी अघि बढाएको हो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।