लोड हुँदैछ...

मेनु

नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्रीले जवाफ दिने

नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्रीले जवाफ दिने

विराटनगर। सङ्घीय संसद्, प्रतिनिधिसभाको आज बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल र पारित गर्ने विशेष कार्यसूची रहेको छ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार, प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिद्वारा गत वैशाख २८ गते सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। सो पश्चात् सांसदहरुबाट प्राप्त भएका संशोधनहरू प्रस्तुत हुने र नीति तथा कार्यक्रममाथि छलफल गरिनेछ।

छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाहरूको प्रधानमन्त्री बालेन्द्र शाहले आजै जवाफ दिने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको जवाफपछि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

आजको बैठकको अन्तिम कार्यसूचीका रूपमा सम्माननीय सभामुखले आर्थिक वर्ष २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेका अनुसार आजको बैठकमा नीति तथा कार्यक्रमलाई पारित गर्ने प्रक्रिया पूरा गरिने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।