काठमाडौं । प्रतिनिधिसभामा आजबाट सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/०८४ नीति तथा कार्यक्रम सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।
बैठकमा सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममा छलफल सकिएपछि पूर्व बजेट छलफल हुने अनुमान गरिएको छ । यद्यपि त्यस विषयमा संघीय संसदले कार्यसूची बनाइसकेको छैन । जेठ १५ गते सरकारले नयाँ बजेट प्रस्तुत गर्नेछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।