लोड हुँदैछ...

मेनु

प्रधानमन्त्री बालेनले आज राष्ट्रियसभामा विभिन्न अध्यादेश पेस गर्दै

प्रधानमन्त्री बालेनले आज राष्ट्रियसभामा विभिन्न अध्यादेश पेस गर्दै

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आज सोमबारदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन दिउँसो २ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारले हालै जारी गरेका विभिन्न महत्त्वपूर्ण अध्यादेशहरू पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्री शाहले आजको बैठकमा तीनवटा प्रमुख अध्यादेशहरू पेस गर्नेछन् । जसमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ रहेका छन् ।

यस्तै, बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ ।

आजैदेखि सुरु हुन लागेको बजेट अधिवेशनका लागि संसद् सचिवालयले अन्य विभिन्न सम्भावित कार्यसूचीहरू पनि तय गरेको छ । सरकारले ल्याएका यी अध्यादेशहरूमाथि सदनमा छलफल हुने र प्रक्रिया अघि बढ्ने जनाइएको छ । प्रधानमन्त्री र अर्थमन्त्रीले पेस गर्ने यी अध्यादेशहरूलाई सुशासन र आर्थिक पारदर्शीताका दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।