लोड हुँदैछ...

मेनु

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै, ६ एजेन्डामा छलफल हुने

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै, ६ एजेन्डामा छलफल हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ले आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज साँझ ६ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय भएको हो ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार आजको बैठकका लागि ६ वटा मुख्य एजेन्डाहरू तय गरिएका छन् । बैठकमा विशेषगरी पार्टीको आगामी भेला तथा अधिवेशनको विशेष तालिका, विभिन्न आयोग र विभागका पदाधिकारीहरूको मनोनयन तथा जिल्ला समितिहरूको विघटनका विषयमा छलफल हुनेछ ।

यस्तै, पार्टीभित्रको अनुशासनात्मक कारबाही, आगामी केन्द्रीय समितिको बैठकको तयारी र अन्य विविध समसामयिक विषयहरूलाई पनि एजेन्डामा राखिएको प्रवक्ता झाले जानकारी दिए ।

पार्टीको सांगठनिक संरचनालाई थप व्यवस्थित बनाउन र आगामी अधिवेशनको खाका तयार पार्न यो बैठकलाई महत्त्वपूर्ण मानिएको छ । रास्वपाले पछिल्लो समय आफ्नो संगठन विस्तार र आन्तरिक व्यवस्थापनलाई तीव्रता दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।