लोड हुँदैछ...

मेनु

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ— पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठूलो परिमाणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले कार्कीसँगै तत्कालीन तीन जना सचिवसहित १४ जनाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा चलाएको हो। विमानस्थल निर्माणको ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदार कम्पनीलाई गैरकानुनी रूपमा राजस्व छुट दिएर राज्यको ढुकुटीमा नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ ।

यस प्रकरणमा पूर्व सचिवहरू शंकर अधिकारी, केबल भण्डारी र सुरेश आचार्यलाई समेत विपक्षी बनाइएको छ। अख्तियारले उनीहरूमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ बिगो दाबी गरेको छ।

विमानस्थल आयोजना कार्यान्वयनका क्रममा क्षेत्राधिकारभन्दा बाहिर गएर निर्णय गरेको र राज्यलाई प्रत्यक्ष हानि पुर्‍याउने नियत राखेको भन्दै आयोगले उनीहरूलाई कारबाहीको माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।