विराटनगर — राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश सरकारले हाम्रोमतका प्रधान सम्पादक विवेक गौतमसहित ८ जना पत्रकारलाई पुरस्कृत गरेको छ।
बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार वितरण गरेको हो।
हाम्रोमतका प्रधान सम्पादक गौतमलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नगद १ लाख रुपैयाँसहित पुरस्कार प्रदान गरेका छन्।
त्यसैगरी पत्रकार गोपाल दाहाल, रेजिना गौतम, सिद्धराज राई, मनोज श्रेष्ठ, शेखर रेग्मी, श्यामसुन्दर सुतियार र सन्तोष रुचाललाई पनि पुरस्कार तथा सम्मान प्रदान गरिएको मन्त्रालयले जनाएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।