लोड हुँदैछ...

मेनु

संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधशीसको नाम सिफारिस हुने

संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधशीसको नाम सिफारिस हुने

काठमाडौं । आज संवैधानिक परिषदको बैठक बस्दै छ । बैठक आज साँझ ५ बजे बस्न लागेको हो । बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने प्रस्तावमा छलफल हुने बताइएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले गत चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि बरिष्ठतम न्यायाधीशको रुपमा सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीशको रुपमा कार्यरत छन् । प्रधानन्यायाधीश सिफारिस गर्ने परिषद् बैठकमा प्रधानन्यायाधीशको साटो कानुन मन्त्री सदस्य रहने संवैधानिक व्यवस्था छ भने कामु प्रधानन्यायाधीश परिषद बैठकमा उपस्थित हुने व्यवस्था छैन ।

त्यसैले बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई मात्र आमन्त्रण गरिएको छ ।

संवैधानिक पदहरुमा नियुक्तिका लागि परिषदले सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ । अध्यादेशमा बैठकमा उपस्थित सदस्यहरूको ५० प्रतिशत अर्थात् ३ जनाको पक्षमा प्रधानमन्त्री उभिएको प्रस्ताव निर्णय हुने व्यवस्था छ ।

नेपालको संविधानको धारा १२९(३)मा ‘सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुनेछ’ भन्ने संवैधानिक व्यवस्था छ । दुईवटा अपवादलाई आधार मान्ने हो भने सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश नै प्रधानन्यायाधीशमा सिफारिस र नियुक्ति भएको इतिहास छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।