काठमाडौं । नेप्से परिसूचक बुधबार सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार सामान्य वृद्धि देखिएको बजार यस दिन १.६४ अंकले घटेर २७११.२२ विन्दुमा झरेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.८० अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंकले वृद्धि भएको छ।
कारोबार रकम पनि घटेको छ। मंगलबार ३ अर्ब ४३ करोड रुपैयाँबराबरको कारोबार भएकोमा बुधबार ३३६ कम्पनीका ४७ हजार ८४१ पटकको कारोबारमा ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार रुपैयाँबराबरका ७१ लाख ३१ हजार कित्ता शेयर किनबेच भएका छन्।
यस दिन फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था को शेयरमूल्य सर्वाधिक १३.७४ प्रतिशतले बढेको छ। त्यस्तै अप्पर लोहोरे खोला हाइड्रोपावर करिब ६ प्रतिशतले बढ्दा एनआईसी एशियन ग्रोथ फण्ड २ को इकाईमूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यता भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी को शेयरमूल्य सर्वाधिक ८.९० प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहँदै २२ करोड ११ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यसपछि रिलायन्स स्पिनिङ्ग मिल्स र नेशनल हाइड्रोपावर को उल्लेख्य कारोबार भएको छ।
१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढ्दा ५ उपसमूह घटेका छन्। बैंकिङ, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहमा वृद्धि देखिएको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहमा सामान्य गिरावट आएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।