लोड हुँदैछ...

मेनु

कोशीमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशीमा मेघगर्जनसहित वर्षाको सम्भावना

विराटनगर नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र र पश्चिमी वायुको प्रभावका कारण आज कोशी प्रदेशसहित देशभरिको मौसममा बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । कोशीसँगै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा पनि वर्षाको प्रक्षेपण गरिएको छ । तराईका बाँकी क्षेत्रमा भने आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी प्रदेशको मौसम पूर्णतया सफा हुने छैन । प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र उच्च हिमाली भेगमा हिमपात हुनसक्ने पूर्वाअनुमान छ । कोशीबाहेक मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना कायमै रहनेछ ।

हाल देशभर पश्चिमी र स्थानीय वायुको समेत प्रभाव रहेकाले पहाडी तथा हिमाली भूभागमा सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।