काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन्।
सरकारले दोस्रो पटक स्वीकृतिका लागि पठाएर दबाब दिएपछि “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी) अध्यादेश, २०८३” मंगलबार राष्ट्रपतिबाट जारी भएको हो।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार यसअघि पुनर्विचारका लागि फिर्ता गरिएको उक्त अध्यादेश मन्त्रिपरिषद्ले पुनः सिफारिस गरेपछि जारी गरिएको हो। सरकारले वैशाख १४ गते पहिलोपटक सिफारिस गरेको अध्यादेश राष्ट्रपति पौडेलले वैशाख २० गते फिर्ता गरेका थिए।
सरकारले भने कुनै संशोधन नगरी पुनः सोही अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। दोस्रो पटक सिफारिस गरिएको अध्यादेश जारी गर्न राष्ट्रपति बाध्य भएका हुन् ।
यसअघि पौडेलले केपी ओली र सुशिला कार्की नेतृत्वको सरकारले सिफारिस गरेको सोही अध्यादेश जारी गरेका थिएनन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।