लोड हुँदैछ...

मेनु

बिहान ८ बजेसम्म हर्क साम्पाङका पाँच फेसबुक स्टाटस:‘डोजरे सरकार पूर्ण रूपमा असफल भयो’

बिहान ८ बजेसम्म हर्क साम्पाङका पाँच फेसबुक स्टाटस:‘डोजरे सरकार पूर्ण रूपमा असफल भयो’

विराटनगर । प्रतिनिधिसभा सदस्य एवं विपक्षी दलका नेता हर्क साम्पाङले वर्तमान सरकार पूर्ण रूपमा असफल भएको दाबी गरेका छन् । आज मंगलबार बिहान ८ बजेसम्म सामाजिक सञ्जाल फेसबुकमा शृङ्खलाबद्ध पाँचवटा स्टाटस लेख्दै उनले सरकारको कार्यशैली र प्राथमिकतामाथि कडा आलोचना गरेका हुन् ।

सांसद साम्पाङले वर्तमान सत्तालाई ‘असफल डोजरे सरकार’ को संज्ञा दिँदै सरकारले जनतालाई राहत दिनुको साटो उल्टै पीडा दिइरहेको आरोप लगाएका छन् । बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिमा उद्धार कार्य छोडेर सरकार सुकुम्बासी बस्तीमा डोजर चलाउन व्यस्त रहेको भन्दै उनले रोशिको उदाहरण दिएर सरकारको आलोचना गरे । उनले लेखेका छन्, “असफल डोजरे सरकार… रोशी खोलामा पुग र उद्धारमा लाग ! भैराखेको बस्ती भत्काएर मान्छे मार्ने काममा व्यस्त तिम्रो ध्यान सुकुम्बासी बस्ती भत्काउनेमा मात्रै ?”

सरकारले संसद्लाई समेत बन्दी बनाएको र जनआक्रोश बढ्दै गएको टिप्पणी गर्दै विपक्षी नेता साम्पाङले असफल सरकारकै कारण देश असफलतातर्फ धकेलिएको उल्लेख गरेका छन् । “जनतालाई मर्न बाध्य बनाएर, दुःख दिएर, रुवाएर, बेघर र बेरोजगार बनाएर, संसद्लाई छलेर र बन्दी बनाएर सत्ताआशिन बनिरहनुको तुक छैन,” उनले अगाडि लेखेका छन्, “असफल सरकार = असफल देश ! आज सबै जनता आक्रोशित छन् ! दुःखी र पिडित छन् !”

आफ्नो कार्यव्यस्तताले गर्दा जनतासँग प्रत्यक्ष भेट्न र संवाद गर्न नपाए पनि आफ्नो मनमा सधैँ देश र जनता रहेको उनले बताएका छन् । सबैलाई सम्झिरहेको उल्लेख गर्दै उनले आफू देशकै चिन्तामा बाँचिरहेको स्पष्ट पारेका छन् ।

सरकारको विरोध गरिरहँदा सांसद साम्पाङले जनताको स्वस्फूर्त प्रयासको भने प्रशंसा गरेका छन् । उनले दार्चुलामा श्रमदानमार्फत पुल निर्माण भइरहेको कार्यलाई उच्च सम्मान प्रकट गरेका छन् । उनले भनेका छन्, “अहिले दार्चुलामा पुल बनाउन श्रमदानमा खटिरहनु भएका श्रमदाताहरूलाई हार्दिक धन्यवाद र उच्च सम्मान ! देश बनाउन र बचाउन जे गरिरहनु भएको छ त्यसको उच्च कदर सधैँभरि हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।