लोड हुँदैछ...

मेनु

कोशीमा आज पनि वर्षाको सम्भावना

कोशीमा आज पनि वर्षाको सम्भावना

विराटनगर । कोशी प्रदेशमा आज पनि वर्षाको सम्भावना कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुने छ । पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने छ भने बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।