लोड हुँदैछ...

मेनु

रवि लामिछानेलाई इन्द्र आङबोको कडा प्रहार : आफ्नो लाचारीपन स्थानीय तहमा नथुपार्नुस्

रवि लामिछानेलाई इन्द्र आङबोको कडा प्रहार : आफ्नो लाचारीपन स्थानीय तहमा नथुपार्नुस्

विराटनगर । नेकपाका नेता तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङबोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पछिल्लो अभिव्यक्तिप्रति कडा आलोचना गरेका छन् । सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्यमा संघीय सरकारकै प्रत्यक्ष संलग्नता रहेको दाबी गर्दै आङबोले लामिछानेलाई आफ्नो जिम्मेवारीबाट नपन्छिन चेतावनी दिएका हुन् ।

हिजो मात्रै सभापति लामिछानेले देशभरका स्थानीय तहहरूले रास्वपाको काँधमा राखेर बन्दुक पड्काएको र आफ्नो पार्टीको बदनामी गराएको आरोप लगाएका थिए । लामिछानेको सोही दाबीप्रति कटाक्ष गर्दै नेता आङबोले सामाजिक सञ्जालमार्फत जवाफ दिएका हुन् ।

‘आफ्नो लाचारीपन स्थानीय तहलाई थुपारेर समस्याबाट उम्कने प्रयास नगर्दा राम्रो होला,’आङबोले लेखेका छन्,‘सुकुम्बासी र अव्यवस्थित बसोबासको विवरण खोज्ने, बस्ती खाली गराउने निर्देशन दिने सिडिओ र प्रहरी स्थानीय तह मातहत होइनन् । सुकुम्बासी बस्तीमा डोजर संघीय सरकारकै नेतृत्वमा भइरहेको तथ्य दिनको घाम झैँ छर्लङ्ग छ ।’

आङबोले लामिछाने वर्तमान सरकारमा निरीह बनेको आरोप समेत लगाएका छन् । उनले अगाडि लेखेका छन्, ‘तपाईंकै वरिष्ठ नेता नेतृत्वको सरकार सामु तपाईंको अप्ठ्यारो र निरीहता नागरिकहरूले बुझिरहेकै छन् । विषयान्तरको औचित्य छैन ।

रास्वपा सभापति लामिछानेले स्थानीय तहले अव्यवस्थित व्यवसायी र सुकुम्बासी हटाउने नाममा आफ्नो पार्टीको छवि बिगार्न खोजेको दाबी गरिरहँदा आङबोले भने प्रशासन र प्रहरी गृह मन्त्रालयकै कमान्डमा रहने भन्दै सत्य नछुपाउन आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।