लोड हुँदैछ...

मेनु

एमालेमा नेतृत्व परिवर्तनको दबाब, युवा नेताहरूद्वारा पुनर्जागरण भेला

एमालेमा नेतृत्व परिवर्तनको दबाब, युवा नेताहरूद्वारा पुनर्जागरण भेला

विराटनगर । नेकपा (एमाले) भित्र पुस्तान्तरण र पार्टी रूपान्तरणको माग गर्दै युवा नेताहरूले नेतृत्वविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन्। शनिबार काठमाडौँको मीनभवनमा आयोजित पुनर्जागरण भेला मार्फत झन्डै १३० जना प्रभावशाली नेता–कार्यकर्ताहरूले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेका हुन्।

करिब चार घण्टासम्म चलेको उक्त भेलाले हालैका निर्वाचनहरूमा पार्टीले व्यहोरेको पराजयको मुख्य जिम्मेवार वर्तमान नेतृत्वको कार्यशैली भएको ठहर गरेको छ। भेलामा केन्द्रीय सदस्यहरू झपट रावल, नरेश रोकाया, समिक बडाल लगायतका नेताहरूको उपस्थिति थियो। सहभागीहरूले नेतृत्वले गुटबन्दीलाई प्रश्रय दिएको र सक्षम युवाहरूलाई अवसरबाट वञ्चित गरेको आरोप लगाएका छन्।

पार्टीलाई विधानसम्मत चलाउनुको सट्टा कब्जा गरिएको भन्दै भेलाले अब सातै प्रदेशमा पुनर्जागरण अभियान चलाउने र विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन गर्ने निर्णय गरेको छ। पूर्व केन्द्रीय सदस्य नवीना लामा र अनेरास्ववियुका उपमहासचिव कमल जोशीले पार्टी बचाउन नेतृत्व परिवर्तन अनिवार्य भइसकेको बताए । भेलामा रमेश पौडेल, सुजन कडरिया, गजेन्द्र थपलिया र उपेन्द्र शाही लगायतले आन्तरिक लोकतन्त्र समाप्त भएको भन्दै नेतृत्वको कडा आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।