लोड हुँदैछ...

मेनु

पर्यटकीय स्थलमै गाउँ सभा, छथरको फरक अभ्यास

पर्यटकीय स्थलमै गाउँ सभा, छथरको फरक अभ्यास

तेह्रथुम । देशभरका अधिकांश स्थानीय तहले गाउँ सभा आफ्नै सभाहलमा गर्ने प्रचलन रहँदा छथर गाउँपालिकाले भने पर्यटकीय स्थलमै गाउँ सभा गर्ने फरक अभ्यासलाई निरन्तरता दिएको छ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले यसपटक १६औँ गाउँ सभा तथा हिउँदे अधिवेशन वडा नम्बर ५ स्थित ऐतिहासिक ताक्लुङ गढीको चुम्लुङमा सम्पन्न गरेको हो।

प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको स्थानमै नीति निर्माणका महत्वपूर्ण बैठक बस्दा पर्यटन प्रवर्द्धन र स्थानीय पहिचान उजागर गर्न सहयोग पुगेको गाउँपालिकाले जनाएको छ। यसअघि पनि सिधुवा–शुक्रबारे सडक क्षेत्र, मार्ग पोखरी, चाङलुङ गुफा र थाक्चोलुङ मन्दिरजस्ता पर्यटकीय स्थलमा गाउँ सभा आयोजना गर्दै आएको छ।

गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुका अनुसार यस्तो अभ्यासले छथरको विकास र समृद्धिमा टेवा पुर्‍याउनुका साथै स्थानीय पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ।

यसैबीच गाउँ सभाले अनावश्यक रूपमा डोजर प्रयोग नगर्न सङ्घीय सरकारलाई सुझाव दिने निर्णय गरेको छ। अध्यक्ष सन्तोष तिगेलाका अनुसार छथर क्षेत्रमा नेपाल सरकारको आधिकारिक नापी–नक्साअनुसार घर निर्माण भएको उल्लेख गर्दै बस्ती संरक्षणलाई प्राथमिकता दिँदै अनावश्यक भौतिक हस्तक्षेप रोक्नुपर्ने आवश्यकता औँल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।