लोड हुँदैछ...

मेनु

सुकुम्वासीमाथि बल प्रयोग मानवअधिकार हनन् : घिसिङ

सुकुम्वासीमाथि बल प्रयोग मानवअधिकार हनन् : घिसिङ

धरान । उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्वासीमाथि बल प्रयोग गर्दै मानवअधिकार र मौलिक हक हनन गरेको आरोप लगाएका छन्।

घिसिङले सुनसरीको धरानमा आयोजित कार्यक्रममा राज्यले सुकुम्वासी तथा अव्यवस्थित बसोबासको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने स्पष्ट नीति नल्याई बल प्रयोगको बाटो रोजेको बताए।

अव्यवस्थित बसोबासलाई केवल हटाउने वा नियन्त्रण गर्ने दृष्टिकोणबाट मात्र हेर्न नहुने उल्लेख गर्दै घिसिङले वास्तविक सुकुम्वासीको पहिचान गरी उनीहरूको आधारभूत अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखे। उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीको कोशी प्रदेश समायोजन कार्यक्रममा बोल्दै उनले दीर्घकालीन समाधानबिना गरिएको कदमले समस्या झन् जटिल बन्ने चेतावनी दिए।

कार्यक्रममा पार्टीका उपाध्यक्ष प्रमोद पोर्तेल र डा.महेन्द्र लावतीको उपस्थिति रहेको थियो । भेलाले एविराज आङदेम्बेको अध्यक्षतामा ९४ सदस्यीय प्रदेश समिति गठन गरेको छ। समितिको प्रदेश इन्चार्ज पाँचथरका जीवन राई रहेका छन्।

समितिमा उपाध्यक्षहरू गङ्गा राई सेर्मा, इन्द्रहाङ किराँती, कुमार साम्य र रेखबहादुर तामाङ चयन भएका छन्। सचिवमा गणेश राई गाउँले, उपसचिवमा अजित धिमाल र सरिता श्रेष्ठ तथा कोषाध्यक्षमा मिसन लामा रहेका छन्। प्रवक्ताको जिम्मेवारी प्रवीण राईलाई दिइएको छ भने सचिवालय सदस्यहरूमा नारायणमान गुरुङ, सरकुमारी आठपहरिया, सुश्मा राई, कमला रुम्दाली राई र जकेन्द्र लावती रहेका छन्।

समितिका अन्य सदस्यहरूमा शर्मिला आङदेम्बे, डम्बर लाबुङ, प्रमेस थापा मगर, सरोज कङलिबा, सुमन घिसिङ, डिल्ली लिङ्दम, कोपिला लावती, गङ्गा दुलाल, रोशन लावती, दिपा लक्सम, राकेश माङमु, हरि गुरुङ, टेकबहादुर सुब्बा, विकास थाम्सुहाङ, जितेन्द्र राई, उषा लक्ष्मी तुम्बाहाम्फे, धनकुमार सुनुवार लगायत रहेका छन्। साथै मनुशा राई, भीमकुमार राई, भूपाल राई, सालिकराम राई, चक्र राई, टप्सेन राई, विपिन इवाराम, किरण देवान, खड्ग राईसहित ५१ सदस्यीय समिति विस्तार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।