विराटनगर । सरकारले खाना पकाउने ग्यासको मूल्य बढाएको छ । प्रतिसिलिण्डर १५० रुपैयाँका दरले खाना पकाउने ग्यासको मूल्य बढाएको हो । मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको थियो ।
जस अनुसार, अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ ।
यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।
पेट्रोलमा २ रुपैयाँ, मट्टितेल र डिजेलमा प्रतिलिटर १२ रुपैयाँले मूल्य घटाइएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।