लोड हुँदैछ...

मेनु

राष्ट्रपति पौडेलले जारी गरे सहकारी सम्बन्धि अध्यादेश

राष्ट्रपति पौडेलले जारी गरे सहकारी सम्बन्धि अध्यादेश

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ७ मध्ये एउटा अध्यादेश जारी गरेका छ्न् ।

सरकारले विभिन्न ७ वटा अध्यादेश स्वीकृतिका लागि सिफारिस गरेकोमा सहकारी पहिलो संशोधन अध्यादेश पौडेलले बिहीबार जारी गरेका हुन् । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्ने अध्यादेश, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, (२० वटा ऐन संशोधन गर्ने) र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश र सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने अध्यादेश पनि स्वीकृतिको लागि सिफारिस गरेको छ ।

अन्य अध्यादेशहरु अध्ययनको क्रममा रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।