लोड हुँदैछ...

मेनु

मोरङ र झापामा तीव्र गतिको हावाहुरी चल्ने चेतावनी, सतर्क रहन प्रशासनको आग्रह

मोरङ र झापामा तीव्र गतिको हावाहुरी चल्ने चेतावनी, सतर्क रहन प्रशासनको आग्रह

विराटनगर । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार कोशी प्रदेशका मोरङ, झापासहित आसपासका जिल्लाहरूमा आज अपराह्नदेखि तीव्र गतिको हावाहुरी चल्ने सम्भावना देखिएको छ। सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रशासनले जारी गरेको सूचनामा हावाहुरी आज अपराह्न ४ः०० बजेदेखि सुरु भई भोलि बिहान ६स्४५ बजेसम्म कायम रहने सम्भावना रहेको उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको बुलेटिनलाई उद्धृत गर्दै प्रशासनले पश्चिमबाट पूर्वतर्फ सर्दै गरेको एक शक्तिशाली मौसम प्रणालीका कारण मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहितको वर्षा हुने जानकारी दिएको छ। यो प्रणालीले देशका धेरै ठाउँमा प्रभाव पार्ने देखिएकोले मोरङ जिल्लाभर विशेष सावधानी अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

हावाहुरी र चट्याङको समयमा घरबाहिर ननिस्कन, रूख वा कमजोर संरचनामुनि ओत नलग्न र विद्युतीय उपकरणहरूको प्रयोगमा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। साथै, विपद्को अवस्थामा नजिकैको सुरक्षा निकाय वा स्थानीय तहसँग समन्वय गर्न समेत सूचित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।