लोड हुँदैछ...

मेनु

कोशीका विभिन्न जिल्लाबाट ब्राउन सुगरसहित ११ जना पक्राउ

कोशीका विभिन्न जिल्लाबाट ब्राउन सुगरसहित ११ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा गरिएको प्रहरी कारबाहीमा लागू औषध ‘ब्राउन सुगर’सहित ११ जना पक्राउ परेका छन्।

झापा अन्तर्गत अर्जुनधारा नगरपालिका–११ मा लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले २९ ग्राम २९० मिलिग्राम ब्राउन सुगर र मोटरसाइकलसहित पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्थानीय मन्दिप राई, उमेश तामाङसहित पाँच जना रहेका छन्।

त्यस्तै, सुनसरी को कोशी गाउँपालिका–१ बाट ८ ग्राम ५७० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ।

यसैगरी धरान–११ बाट १ ग्राम ४५० मिलिग्राम ब्राउन सुगरसहित एक जना र पाँचथर को फिदिम नगरपालिका–१ बाट ८६० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकामाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।