लोड हुँदैछ...

मेनु

काँग्रेसको विवाद : सिटौला राष्ट्रियसभा नेताबाट बर्खास्त, पन्त मनोनित

काँग्रेसको विवाद : सिटौला राष्ट्रियसभा नेताबाट बर्खास्त, पन्त मनोनित

विराटनगर । नेपाली कांग्रेस संसदीय दलले राष्ट्रिय सभातर्फ महत्वपूर्ण हेरफेर गर्दै कमला पन्त लाई दलको नेता मनोनीत गरेको छ।

भीष्मराज आङ्देम्बेलाई दलको नेता बनाएलगत्तै काँग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा दलको नेताबाट बर्खास्त गरेर पन्तलाई जिम्मेवारी दिएको हो ।

संसदीय दलको विधानअनुसार दलका नेताले राष्ट्रिय सभा दलको नेता तोक्ने व्यवस्था छ, सोही प्रावधानअनुसार आङ्देम्बेले यो निर्णय गरेका हुन्। पन्त गोरखा क्षेत्रबाट दुईपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेकी नेतृ हुन् । उनले महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेकी थिइन्।

यससँगै कांग्रेसले प्रतिनिधिसभा दलको उपनेतामा अभिषेक प्रताप शाह, मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरेको छ । पार्टीभित्रको शक्ति सन्तुलन र आन्तरिक समिकरणबीच सिटौलाको बहिर्गमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सभापति गगन थापासँगको सम्बन्धमा आएको चिसोपन र लामो समयदेखिको गुटगत द्वन्द्वको कारण थापाले सिटौलालाई बर्खास्त गरेका हुन् । काँग्रेसको अघिल्लो महाधिवेशनमा भने पार्टी रुपान्तरण गर्ने नारासहित सिटौला सभापतिमा र थापा महामन्त्रीमा एउटै प्यानलबाट चुनाब लडेका थिए । तर, उनीहरु दुबै पराजित भए ।

सिटौलाले पछिल्लो समय पार्टीभित्र महाधिवेशन र नेतृत्व शैलीबारे खुला असन्तुष्टि जनाउँदै आएका थिए । उनी विषेश महाधिवेशनबाट हटाइएका शेरबहादुर देउवा पक्षसँग नजिक थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।