धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सुकुम्बासीको लगत नेपाली सेनालाई उपलब्ध नगराउन देशभरका पालिकाहरूलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले नेपाली सेना सुकुम्बासीको विवरण वा लगत माग्ने आधिकारिक निकाय नभएको स्पष्ट पारेका छन्। ‘सेनाले मागेको सुकुम्बासीको लगत कुनै पनि पालिकाले नदिनु होला,’ उनले भनेका छन्, ‘सुकुम्बासीको लगत माग्ने निकाय होइन सेना र प्रहरी। यो सरासर गलत छ। यसबाट आतंक सिर्जना गर्न खोजिएको हो।’
अध्यक्ष साम्पाङले सुकुम्बासी व्यवस्थापनको विषय नागरिक प्रशासन र स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भन्दै सुरक्षा निकायलाई यसमा संलग्न गराउनु लोकतान्त्रिक मान्यताविपरीत हुने जिकिर गरेका छन्।
यसअघि पनि उनले सुरक्षा निकायलाई लक्षित गर्दै सरकारले दिने लोकतन्त्रविरोधी र मानवता विरोधी आदेश पालना नगर्न सेना र प्रहरीलाई अनुरोध गरेका थिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।