विराटनगर । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठक आज बस्दै छ । काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा उनले ११ बजे बस्ने गरी आफ्नो समूहको बैठक बोलाएका हुन् ।
बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकाका क्षेत्रीय सभापतिहरु सहभागी हुने नेताहरुले बताएका छन् ।
खड्काको समूहले ६ वैशाखमा पर्ख र हेर रणनीति अपनाउने निर्णय गरेको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।