लोड हुँदैछ...

मेनु

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

धनकुटा । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको धनकुटा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण गरेको छ ।

धनकुटामा आयोजित कार्यक्रममा गोकण्डेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग, कापी, पेन्सिल, कलम लगायतका सामग्री वितरण गरिएको हो।

आयोजकका अनुसार कार्यक्रमको उद्देश्य विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउनुका साथै उनीहरूलाई थप प्रेरित गर्नु हो। कार्यक्रममा कम्पनीका कोशी प्रदेश प्रमुख जगतनाथ फुयाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले सानो सहयोगले पनि विद्यार्थीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै शिक्षा भविष्य निर्माणको आधार भएको बताए।

सो अवसरमा जीवन बीमा सम्बन्धी विशेष तालिम तथा सचेतनामूलक अभिमुखीकरण पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागी अभिकर्ता, शिक्षक तथा अन्य सरोकारवालालाई जीवन बीमाको आवश्यकता, जोखिम व्यवस्थापनमा यसको भूमिका र दीर्घकालीन आर्थिक सुरक्षामा यसको महत्वबारे जानकारी दिइएको थियो।

जीवन बीमा केवल बचतको माध्यम मात्र नभई परिवारको भविष्य सुरक्षित गर्ने महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सबैलाई बीमा योजनामा सहभागी हुन सहभागीले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।