लोड हुँदैछ...

मेनु

ठूलो परिमाणमा लागुऔषधसहित भारतीय नागरिक पक्राउ

ठूलो परिमाणमा लागुऔषधसहित भारतीय नागरिक पक्राउ

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–११ बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा शनिबार राति करिब ८ बजे शारदा विकको घरमा छापा मारेको थियो।

सो क्रममा भारत, बिहारको नरपतगन्जका २९ वर्षीय मोहमद सहनेवाजले कोठाभित्र लुकाएर राखेको ठूलो मात्रामा लागुऔषध फेला परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। प्रहरीका अनुसार ट्रामाडोल ५० हजार ५४० क्याप्सुल र डाइसाइक्लोमिन ९ हजार ५२० ट्याब्लेट गरी कुल ६० हजार ६० पिस लागुऔषध बरामद गरिएको छ।

बरामदपछि सहनेवाजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएको छ। उनीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट उनले भारतबाट लुकाइछिपाइ लागुऔषध भित्र्याएर पूर्वका विभिन्न स्थानमा आपूर्ति गर्ने गरेको खुलेको छ। खुला सीमाका कारण सीमावर्ती क्षेत्र हुँदै यस्ता गतिविधि बढ्दै गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।