लोड हुँदैछ...

मेनु

पहिले चुपचाप घण्टीछाप, अहिले कुम्लो बोकेर टाप : साम्पाङ

पहिले चुपचाप घण्टीछाप, अहिले कुम्लो बोकेर टाप : साम्पाङ

काठमाडौं । हर्क साम्पाङले सुकुम्वासी बस्ती हटाउने वर्तमान सरकारी कदमलाई ‘इगो’ का रूपमा व्याख्या गरेका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उनले प्रधानमन्त्री बालेन शाहप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।

भिडिओ सन्देशमार्फत उनले काठमाडौं महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै अहिले सुकुम्वासी बस्तीलाई पनि फोहोरकै रूपमा लिएको दाबी गरे। “पहिला फोहोर सफा गर्न खोज्नुभयो, त्यसपछि सुकुम्वासी बस्तीलाई पनि फोहोर जस्तो देख्नुभयो,” उनले भनेका छन् ।

साम्पाङले सुकुम्वासी बस्ती हटाउने कार्य देशभर विस्तार हुनसक्ने चेतावनीसमेत दिएका छन्। उनले गरिब तथा सुकुम्वासी समुदायको पीडा बुझ्न आवश्यक रहेको उल्लेख गर्दै सरकारको कदमप्रति असन्तुष्टि जनाए।

उनका अनुसार बस्ती खाली गराउन सशस्त्र प्रहरी बल, नेपाल, नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ। उनले यसरी बल प्रयोग गरेर सुकुम्वासी हटाइएकोप्रति आपत्ति जनाएका छन्।

चुपचाप घन्टीमा छाप भन्दै भोट हाल्नेहरूले अहिले चुपचाप कुम्लो–बोक टाप भन्ने अवस्था आएको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।