लोड हुँदैछ...

मेनु

संघीय संसदको अधिवेशन वैशाख १७ गतेका लागि आव्हान

संघीय संसदको अधिवेशन वैशाख १७ गतेका लागि आव्हान

काठमाडौं । वैशाख १७ गतेदेखि संघीय संसदको अधिवेशन बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद् बैठक आह्वान गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संसद्‌मा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि पूर्व बजेट छलफल गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।