लोड हुँदैछ...

मेनु

नेप्से सामान्य घट्दा कारोबार रकममा बृद्धि

नेप्से सामान्य घट्दा कारोबार रकममा बृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक बुधबार सामान्य अंकले घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक २.९५ अंकले घट्दै २८०४.१७ विन्दुमा झरेको छ। यद्यपि सेन्सेटिभ इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स स्थिर रहेको छ।

परिसूचक सामान्य घटे पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ। मंगलबार ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३४२ स्टकको १ लाख २१ हजार ४३३ पटकको कारोबारमा ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ८८ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन पाल्पा सिमेन्ट इण्डष्ट्रीज, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै झापा इनर्जीको शेयरमूल्य १४ प्रतिशतले बढ्दा गणपति लघुवित्त वित्तीय संस्थाको ९ प्रतिशतले वृद्धि भएको छ। यता होटल फरेष्ट इनको शेयरमूल्य सर्वाधिक १०.७५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ४१ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको साढे ३२ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको साढे ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१३ उपसमूहमध्ये बुधबार ५ उपसमूहको परिसूचक बढ्दा ८ उपसमूह घटेका छन्। बैंकिङ, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहमा सामान्य वृद्धि देखिएको छ। होटल तथा पर्यटन उपसमूह सर्वाधिक २.३६ प्रतिशतले घट्दा व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।