लोड हुँदैछ...

मेनु

नेप्से लगातार दोस्रो दिन घट्यो, २८०७ विन्दुमा झर्‍यो

नेप्से लगातार दोस्रो दिन घट्यो, २८०७ विन्दुमा झर्‍यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (NEPSE) परिसूचक साताको दोस्रो कारोबार दिन पनि घटेर बन्द भएको छ। अघिल्लो दिन घटेको बजारले मंगलबार पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक १७.९१ अंकले घट्दै २८०७.३१ विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ३.०७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले ओरालो लागेको छ।

परिसूचक घटे पनि कारोबार रकम भने सामान्य वृद्धि भएको छ। सोमबार ५ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३४७ स्टकको ९५ हजार ८०० पटकको कारोबारमा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँबराबरको १ करोड ३० लाख १९ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १५ प्रतिशत बढ्दा एशियन हाइड्रोपावरको करिब ११ प्रतिशत र होटल फरेष्ट इनको करिब १० प्रतिशतले वृद्धि भयो। यता दोल्ती पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ८.७१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको ३७ करोड ७ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भयो। रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम ३० करोड रुपैयाँ नाघ्दा नेशनल हाइड्रोपावरको करिब साढे २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये मंगलबार १ उपसमूह मात्र हरियालीमा रहँदा १२ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूह १.१६ प्रतिशतले बढ्दा अन्य उपसमूह सर्वाधिक १.२७ प्रतिशतले घटेको छ। साथै, जलविद्युत र वित्त उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।