लोड हुँदैछ...

मेनु

नेप्से १३ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

नेप्से १३ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.१७ अंकले घटेर २८२५.२३ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन सामान्य वृद्धि भएको बजार यस दिन भने ओरालो लागेको हो।

यससँगै सेन्सेटिभ इण्डेक्स ३.२१ अंक, फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंकले घटेका छन्। कारोबार रकम पनि घट्दै ५ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो दिनको ७ अर्ब ४६ करोडभन्दा कम हो।

कुल ३४९ स्टकको १ लाख १६ हजारभन्दा बढी कारोबारमा १ करोड १६ लाख कित्ता शेयर किनबेच भएका छन्। बजारमा ६५ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ भने ६ कम्पनी स्थिर रहेका छन्।

यस दिन सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्ट को शेयर सकारात्मक सर्किट लेभल (१५%) मा पुगेका छन्। झापा इनर्जी र रिजलाइन इनर्जीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ।

यता दोल्ती पावर कम्पनी को शेयरमूल्य सबैभन्दा धेरै ५.३५ प्रतिशतले घटेको छ भने एसियन हाइड्रोपावर पनि गिरावटमा रहेको छ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर अग्रस्थानमा रह्यो। यसका साथै नेशनल हाइड्रोपावर कम्पनी लगायत कम्पनीहरूको पनि उल्लेख्य कारोबार भएको छ।

उपसमूहतर्फ १३ मध्ये १२ उपसमूह घट्दा होटल तथा पर्यटन समूह मात्र १.०१ प्रतिशतले बढेको छ। अन्य सबै समूहमा गिरावट देखिए पनि अधिकांशको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।

नयाँ व्यवस्थाअनुसार कम्पनीको शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था लागू भएसँगै केही कम्पनीमा उच्च वृद्धि देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।